Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ का मियाँ भारतीय नोटसहित समातिए

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
धरान-८ का मियाँ भारतीय नोटसहित समातिए

धरानः धरान ८ बस्ने एक व्यक्ति भारतीय नोटसहित पक्राउ परेका छन् ।
विराटनगर–१७ मटेरुवास्थितबाट धरान–८ का ५५ वर्षीय नौसाद मियाँलाई भारतीय नोट सहित पक्राउ गरिएको छ । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतीय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजारसहित पक्राउ गरी अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, विराटनगर–१६ हुलास चौकबाट शनिबार बेलुका सवा ४ बजे लागूऔषधसहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका २ का २४ वर्षीय रहिम मियाँ रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट –१५० चक्की सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend