Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ः कुन ठाउँका स्कुल बन्द रहने ?

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
प्रदेश १ः कुन ठाउँका स्कुल बन्द रहने ?

धरानः सरकारले सबै क्षेत्रका विद्यालय बन्द गर्न भनेको छैन ।
मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठनपाठन सुचारु हुनेछ । यसअघि ‘शहरी क्षेत्रका विद्यालय’ बन्द गर्ने सरकारी निर्णयले सबैमा थप अन्यौलता कायम गरेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश १ का धरान, विराटनगर, इटहरी, बिर्तामोड, दमक र मेचीनगरका स्कुल तथा क्याम्पस (शैक्षिक संस्था) हरु विदा गर्ने निर्णय गरेको हो । यसअघि नै सुनसरीको इनरुवा क्षेत्रका विद्यालय समेत बन्द भइसकेका छन् ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शैक्षिक संस्था, विद्यालय कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु मात्रै बन्द गर्ने निर्णय गरेको थियो । शैक्षिक संस्थाहरु आगामी बैशाख मसान्तसम्म भौतिकरुपमा बन्द हुने जनाइएको छ ।
सरकारले तोकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाहरुको पठनपाठन भने सुचारु हुनेछ । यस्तै, परीक्षा नरोकिने, चिकित्सा शिक्षाको पढाइ जारी रहने निर्णय समेत भएको छ ।
साथै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द भएका छन् । भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend