Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा बढ्यो हवाई भाडा

हाम्रो कोशी आवाज
बैशाख ७ २०७८, मंगलबार
नेपालमा बढ्यो हवाई भाडा

धरानः नेपालमा हवाई भाडा बढेको छ ।
नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको हो ।
सोमबार मात्रै निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाए थियो । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको संघले जनाएको छ । सोमबार वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो ।
संघले अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।
पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँले बढको छ भने नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सबैभन्दा कमदुरीको उडान सिमराको भाडा १५ रुपैयाँ बढेको छ ।

प्रकाशित मिति: बैशाख ७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend