विराटनगरः विराटनगर–४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषधसहित सुनसरी धरान–८ का ३२ वर्षीय दीपेन तामाङलाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।