संखुवासभाः संखुवासभा मकालु गाउँपालिका–३ एकुवाफेदीका ३० वर्षीय रामजी तामाङको नदीमा खसेर मृत्यु भएको छ ।
सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदीमा माछा मार्ने क्रममा तामाङ ढुङ्गामा चिप्लिएर नदीमा खसी बेपत्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बीचमा तामाङको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।