Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवती लिएर आइपुगेका गाउँपालिकाका अध्यक्ष होटलबाटै च्याप्पै

हाम्रो कोशी आवाज
बैशाख ८ २०७८, बुधबार
धरानमा युवती लिएर आइपुगेका गाउँपालिकाका अध्यक्ष होटलबाटै च्याप्पै

धरानः धरानमा गाउँपालिकाका अध्यक्ष युवतीसहित पक्राउ परेका छन् ।
सरकारी गाडीमा होटल आइपुगेका उनलाई स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेको पाइएको छ । भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव धरानको एक होटलबाट युवतीसहित रङ्गेहात समातिएका हुन् । उनी धरान-१३ स्थित डुकु होटलबाट एक युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको स्रोतले जानकारी दिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले रङ्गेहात पक्राउ गरेको जनाइएको छ । हाल उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनले होटलमा युवतीको नाम सविना र उनको नाम सलिन शाह टिपाएका थिए ।
स्थानीयले सरकारी गाडी देखेपछि शंका गरेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर उनलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाबारे पुष्टि गरे । ‘खासमा पक्राउ गरिसकेकाचाहिँ हौं, थप अनुसन्धान भइरहेको नै छ,’ उनले भने, ‘थप कुरा खुल्न बाँकी नै छ ।’
सुनसरीका प्रहरी प्रमुख कमल थापाले अनुसन्धानकै चरणमा रहेको बताए । प्रहरी प्रमुख थापाले धरानको प्रहरी टोलीले यादवलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको बताए । उनी संघीय समाजवादी पार्टीबाट चुनाव जितेर गाउँपालिकाका अध्यक्ष बनेका थिए ।

प्रकाशित मिति: बैशाख ८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend