Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बिजुलीको पोलले लागेर मृत्यु, कानेपोखरीमा चटयाङ लागेर महिलाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
सुनसरीमा बिजुलीको पोलले लागेर मृत्यु, कानेपोखरीमा चटयाङ लागेर महिलाको मृत्यु

सुनसरीः इनरुवा-९ बबियाकी ४२ वर्षीया सुनिता खत्वेको बिजुलीको पोल लड्दा लागेर मृत्यु भएको छ ।
बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा सो बिजुलीको पोल ढली घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाइते भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा बेलुका सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।
उता मोरङको कानेपोखरी २ दलेलीकी ४३ वर्षीय सुकवती राजवंशीको चटयाङले लागेर मृत्यु भएको छ ।
बिहान साढे ८ बजे उनी पानी परेकोले घर नजिकै रहेका गाइगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाइते भएकी थिइन् । घाइते राजबंशीको उपचारको लागि उर्लाबारीस्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुरयाउन साथ मृत्यु भएको मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend