इलामः इलाम सूर्योदय नगरपालिका ९ गैरीगाउँस्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा बिहीबार बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जली नष्ट हुँदा १० लाख बराबरको क्षति भएको जनाएको छ ।
सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो ।
आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगोलागीबाट मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।