Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुडिरहेको बसलाई आजको हावा-हुण्डरीले लडाउँदा ६ जना घाइते

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
गुडिरहेको बसलाई आजको हावा-हुण्डरीले लडाउँदा ६ जना घाइते

विराटचोकः मोरङमा दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बिहीबार हावाहुरी चलिरहेको समयमा बस चलिरहेको बेला एक्कासी हावाले लडाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
केराबारी–८ आमजुङ्गेस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ८५०० नं.को यात्रुबाहक बस हावाहुरीले लडाउँदा दुर्घटनामा परेको हो ।
बसमा सवार १३ जनामध्ये ६ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा केराबारी–६ बस्ने वर्ष २९ को अरुण मगर, केराबारी–८ बस्ने वर्ष २६ को रमा राई, केराबारी–१० बस्ने वर्ष ७८ को बलबहादुर भुजेल, केराबारी–५ बस्ने वर्ष ३१ कि कविता मगर, वर्ष ३६ को राजन मगर, केराबारी–९ बस्ने वर्ष १५ कि रिङ्की मगर रहेका छन् ।
घाइतेहरुको सुकुना सामुदायिक अस्पताल बिराटचोकमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस चालक जिल्ला मोरङ सुन्दरहरैंचा–१० बस्ने वर्ष ४० को गणेश चौहान इप्रका केराबारीको नियन्त्रणमा रहेको प्रदेश १ प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  विराटचोकबाट ७ किमि उत्तर पर्ने सो सडक खण्डमा दुर्घटना भएको हो ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend