Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी प्रहरीले समात्यो भन्सार छलेर ल्याएको १३ लाख बढीको लत्ताकपडा

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
सुनसरी प्रहरीले समात्यो भन्सार छलेर ल्याएको १३ लाख बढीको लत्ताकपडा

सुनसरीः इटहरी–९ स्थित राजमार्गबाट बिहीबार हिान साढे ९ बजे अवैधरुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु परामद गरिएको छ ।
विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को१ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ पिस, गम्छा ३२५ पिस र बेहुलीको साडी ९७ पिस फेला पारी बरामद गरेको हो ।
यसरी बरामद गरिएको लत्ताकपडा, ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धार क्षेत्रीय कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend