धरानः धरानमा मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गत ०७ गते रातको १२ बजे धरान–१९ स्थित धनकुटे रोड सडक खण्डमा सञ्जय विश्वकर्माले पार्किङ गरिराखेको इन्जिन नं.डिएचजेडडब्लुइबी ७१२८६ च्याचिस नं. एमडि २१ ए ११ सिजेड ८इडब्लु ३५९५२ भएको को१८प ३९७९ नं. को १५० सिसीको कालो निलो रङको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार हुलिया निवेदन पर्न गएको र खोजतलास गर्दा मोटरसाइकल फेला परेको जानकारी दिए ।
मोटरसाइकल चोरी गर्ने मानिसहरुको खोजतलास गर्ने क्रममा बुधबार धरान–२० स्थित सुन्तले भन्ने ठाउँमा खटिएको प्रहरी टोलीले सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा रोशन मास्के (वर्ष २२) ले चलाई रवि राई (वर्ष १९) पछाडि सवार भई धरानबाट विष्णुपादुका हुँदै धनकुटातर्फ चोरी गरी लाँदै गरेको अवस्थामा सो मोटरसाइकल फेला परेको थियो ।
रोशन र रवीलाई पक्राउ गरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पहरीले जनाएको छ ।
मास्के धरान–८ बुद्धमार्ग बस्ने हुन् भने राई धनकुटा साँगुरीगढी–८ तातोपानी बस्ने हुन् ।
यस्तै, धरान–४ स्थित मनशान्त होटलको अगाडि पार्किङ गरी राखेको अवस्थामा मनिष लिम्बूको को१४प ६४४४ नम्बरको मोटरसाइकल हराएको भनी हुलिया दिवेदन परेको र खोजतलास गर्दा धरान–१५ श्यामचौकस्थितमा राज राईले सञ्चालन गरी आएको मोटरसाइकल ग्यारेजमा भेटिएको प्रहरीले जनाएको छ ।
विषन श्रेष्ठ र अल्बट लिम्बूले २ वटा भिआर कम्पनीका मोटरसाइकलहरु सोही ग्यारेजमा ल्याई राखी सो ग्यारेज सञ्चालक राज राई समेतको मिलोमतोमा एक अर्का मोटरसाइकलका सामान खोली एक अर्कामा हाल्दै गरेको अवस्थामा दुई थान भिआर कम्पनीको मोटरसाइकल तथा सो मोटरसाईकलका सामानहरु खोलेको अवस्थामा फेला परेको थियो ।
उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा विसन र अल्बट लिम्बूले चोरी गरी ल्याई मोटरसाइकलका पार्टपुर्जाहरु एकअर्कामा साटफेर गर्दै गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुमाथि सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । राज सोलुखुम्वु नेचा सल्यान गाउँपालिका वडा नं. २ बस्ने रहेको र विशन धनकुटा नगरपालिका वडा नं. १५ बस्ने रहेको प्रहरीले जनाएको छ । यस्तै, अल्वर्ट तेह्रथुम म्याङलुङ नगरपालिक वडा नं. ७ बस्ने रहेको प्रहरीले जनाएको छ ।
