Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माछापोखरीमा डुब्दा बालकको मृत्यु, अर्का एक गम्भीर

हाम्रो कोशी आवाज
बैशाख १० २०७८, शुक्रबार
माछापोखरीमा डुब्दा बालकको मृत्यु, अर्का एक गम्भीर

बिर्तामोडः बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । अर्को एक बालकको अवस्था गम्भीर छ ।
बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे स्थानीय हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेशको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
विद्यालयबाट फर्किने क्रममा धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन र नितेश माछा पोखरीमा पौडी खेल्न गएको प्रहरीले बताएको छ। पौडी खेल्ने क्रममा दुवैजना डुबेको थिए । तीमध्ये सुजनलाई स्थानीयले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल लगिएको थियो ।

प्रकाशित मिति: बैशाख १० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend