धरानः धरान-१६ स्थित भित्री पक्की सडक खण्डमा को१ख ७६३४ नम्बरको हायस माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।
वर्ष ५० को चन्द्र तिम्सिनालाई ठक्कर दिँदा उनी घाइते भएका हुन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
माइक्रो र चालक धरान–१६ बस्ने वर्ष २८ को राजेश दाहाल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।