Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

व्यापारीको गोदाममा छापा, पेस्तोल भेटिएपछि प्रहरी नै चकित

हाम्रो कोशी आवाज
बैशाख १३ २०७८, सोमबार
व्यापारीको गोदाममा छापा, पेस्तोल भेटिएपछि प्रहरी नै चकित

विराटनगरः मोरङमा व्यापारीको गोदाममा छापा मार्दा हतियार बरामद भएको छ ।
विराटनगर महानगरपालिका–७ जलजला चोकस्थित राजकुमार रौनियारको आरएम ट्रेडर्सको गोदामबाट छापा मार्दा हतियार बरामद भएको हो । गोदामबाट १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ट्रेडर्समा काम गर्ने सोही महानगरपालिका–६ बस्ने सुनसरी इटहरी उपमहानगरपिका–१७ घर भएका २४ वर्षीय सुजित साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । रौनियारले आफूसँग कारोबार गर्ने व्यक्तिलाई तर्साउनका लागि पेस्तोल राखेको बताएका छन् । तर पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति: बैशाख १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend