धरानः प्रदेश १ मा ‘तपाईको मास्क खै ?’ अभियान चलाइएको छ ।
उदयपुरमा त्रियुगा–११ मा मास्क वितरण गरिएको हो । ५ सय थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । माक्स नलगाई हिँडडुल गर्नेलाई सम्झाइबुझाई निःशुल्क माक्ससमेत वितरण गरिएको थियो ।
उद्योग वाणिज्य संघ उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा मास्क वितरण कार्यक्रम गरिएको हो । यस्तै, मास्क प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
सरकारले लकडाउन हटाएपछि बजारमा मास्क प्रयोगकर्ताको संंख्या कम हुँदै गएको छ ।

