उदयपुरः उदयपुरको उदयपुरगढी-७ मा बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
बिहान पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाईघाटतर्फ जाँदै गरेको स१च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाइएकोमा उदयपुरगढी गाउँपालिका-१ का ३७ वर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य घाइतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराटनगर पठाएको सो कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।