Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाँच लाख बराबरको माछाको भुरा पुरियो

हाम्रो कोशी आवाज
बैशाख १७ २०७८, शुक्रबार
पाँच लाख बराबरको माछाको भुरा पुरियो

बिर्तामोडः झापामा पाँच लाख बराबरको माछाको भुरा नियन्त्रणलाई लिएर पुरिएको छ ।
नेपालमा प्रतिबन्धित ठूलो परीमाणको पंगास माछाको भुरासहित एक गाडी नियन्त्रणमा लिएर पुरिएको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको टोलीले टोलीले गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट दुई क्वीन्टल पंगास माछाको भुरासहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको थियो ।
नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेका अनुसार माछाका भुरा गौरीगञ्ज नाकाबाट चोरी तस्करीको माध्यमबाट नेपाल भित्राएका हुन् ।
त्यहाँकै कारोबारी सुनिल सहनीले अवैधरुपमा माछाको भुरा नेपाल भित्रयाएको र बिर्तामोड नगरपालिका–९ गरामनी बस्ने ३८ वर्षीय चालक बलबहादुर जोगीले मे१ज ३०१६ नम्बरको पिकअप गाडीमा माछाको भुरालाई लुकाएर बिर्तामोडतर्फ लैजान खोजेका थिए । बरामद गरिएको माछाको भुराको नेपाली बजार मूल्य अन्दाजी पाँच लाख रुपैयाँ रहेको जनाइएको छ ।

प्रकाशित मिति: बैशाख १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend