धरानः इटहरी–६ मा आगलागी भएको छ ।
शुक्रबार साढे चार बजे आगलागी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इटहरीस्थित विराटनगर लाइनमा रहेको एक कपडा पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणबाहिर रहेको र निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी, दुहवीलगायतका उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीबाट छेउछाउका कवाडी संकलन केन्द्रलगायत अन्य पसलहरुमा समेत क्षति पुगेको छ ।