धरानः फाल्गुनन्द-३ गुम्वाडाँडास्थित मेची लोकमार्गमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मोटरसाइकल चालक १८ वर्र्षीय किरण राईको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पौवा भञ्जाङबाट इलामतर्फ जाँदै गरेको बा८५प २२८० नं. को मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा मोटरसाइकल फाकफोकथुम–६ बस्ने उनको घटनास्थलमै मृत्यु भएको हो । हाल सो मोटरसाइकल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी–६ टेङ्ग्रा खोलास्थित पूर्व–पश्चिम लोकमार्गमा उत्तर दक्षिणतर्फ आई पश्चिमतर्फ मोड्ने क्रममा ना८ख ४२६९ नं को टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२६प ५६२३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
वर्ष ३५ को लोकेन्द्र बानियाँ घाइते भई उपचारको लागि सामुदायिक अस्पताल इटहरी लगिएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र टिपर चालक धनकुटा बेलहारा–९ बस्ने वर्ष ४४ को विष्णु धमला इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । टिपर चालकले ध्यान नदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।