Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निषेधाज्ञामै काम हुँदै

हाम्रो कोशी आवाज
बैशाख १८ २०७८, शनिबार
निषेधाज्ञामै काम हुँदै

धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था छ । स्मार्ट बन्ने हल्ला चलिरहेको धरानका लागि बिजुलीको पोल र झुण्डिएको तारहरू नै चुनौतीका रूपमा उभिएको महसुस सबैले गर्दै आएका छन् ।
तपाई धरानका सडकमा पैदल हिँड्दा कतिको सुरक्षित महसुस गर्नुहुन्छ ? महसुस गर्नेलाई थाहा भइहाल्छ हामी ‘डेञ्जर जोन’ मा छौं भनेर । धरानका महत्वपूर्ण कतिपय ठाउँहरू यस्ता छन् जहाँ जुनसुकै बेला खतराको सामना गर्नुपर्ने हुन्छ । भौतिक होस् वा मनोवैज्ञानिक हिसाबले होस् जोखिमयुक्त बाटोमा हामी दैनिक ओहोदोहोर साथै सबैलाई आ–आफ्नो गन्तव्यमा पुग्ने हतारो हुन्छ । अहिले पनि बिजुली अलपत्र र असरल्ल तारहरुले धरानको सुन्दरतालाई जिस्काइरहेको भान मात्रै हुँदैन जोखिम समेत छ ।
धरानका अधिकाङ्श बिजुलीको तार लर्किएका, लत्रिएका छन् । बिजुली, केवल, नेटका तारहरू यत्रतत्र छरिएका छन् । सर्वसाधारणलाई दुर्घटनामा परिने हो कि भन्ने चिन्ता बढेको छ ।
अब लत्रिएका, झुन्डिएका तार भने व्यवस्थित हुने भएको छ । धरान-९ ले यो अभियान अगाडि बढाएको थियो । काम नलाग्ने तार व्यवस्थापन गर्ने र पोलको भार कम हुने हुनाले तार व्यवस्थित गर्न खोजिएको हो ।

यसैबीच धरानको घण्टाघर र भानुचौक वरपरका पोलमा झुण्डिएका अव्यवस्थित तारहरु व्यवस्थित गर्ने निर्णय भएको छ ।
नेपाल विद्युत प्रधिकरण धरानमा शनिबार केवल, टिभी तथा इन्टरनेट सेवा प्रदायक लगायतका प्रतिनिधिहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
तारलाई व्यवस्थित गर्दै झुन्डिएकालाई काटेर फालिदिने, युजलेस तार पनि काटेर फालिनेछ र बाँकी तारलाई तारले बाँधेर एकमुठा नै बनाइनेछ ।
बैठकबाट तारहरु व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख प्रताप बरालको संयोजकत्वमा, धरान घण्टाघर सडक उपभोक्ता समितिका अध्यक्ष रमेश राई, धरान २ नं. वडा सदस्य धर्म तामाङ, सञ्चारकर्मी मोहन श्रेष्ठ र सम्पूर्ण केवल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुको प्रतिनिधिसहितको एक समिति समेत निर्माण भएको छ ।
धरान २ घण्टाघर पछाडिको बाटो ढलान गरी निर्माण गने उपभोक्ता समिति बनेको छ । सडक निर्माणको क्रममा विजुलीको पोलहरुमा अनावश्क झुण्डिएको तारहरु व्यवस्थित गर्न समितिले पहल गरेको उपभोक्ता समितिका अध्यक्ष रमेश राईले बताए ।
आइतबारदेखि नै सो क्षेत्रको तारहरु व्यवस्थित गर्न शुरु गरिने भएको नेपाल विद्युत प्रधिकरण धरानमा प्रमुख प्रताप बरालले जानकारी दिए । तारहरु अव्यवस्थित भएकाले नगरको सौन्दर्यता घट्नुका साथै बाँदर तथा ठूला गाडीहरुले तारहरु चुट्याउने हुँदा दुर्घटनाका समस्या पनि आउने गरको छ । यो पहिलो चरणको काम सकिए पछि क्रमशः धरान नगरको प्रमुख क्षेत्रहरुमा पनि यस कार्यलाई अघि बढाउने योजना रहेको छ ।
यसैबीच एउटै पोलमा बिजुली, इन्टरनेट, टेलिफोन र केवल टिभीको तार लत्रिएका छन् धरान–१२ महेन्द्रपथमा । भार थेग्न नसकेर पोल नै ढल्ने अवस्थाका पनि छन् । लठिभद्र ती तारले सहरको सौन्दर्य बिगारिरहेको छ ।

प्रकाशित मिति: बैशाख १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend