धरानः हङकङले नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै सो रोक लगाइएको जनाइएको छ ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को सूचना जारी नभइञ्जेलसम्म काठमाडौंबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाइएको उल्लेख छ । हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकको रुपमा समेत उल्लख गरेको छ । हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानलाई समेत प्रतिबन्ध लगाइसकेको छ । यी तीन मुलुकको प्रतिबन्ध पनि अनिश्चितकालको लागि रहने जनाइएको छ । शनिबारदेखि लागू हुने गरी अनिश्चित प्रतिबन्ध लगाएको हो ।