Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धारिलो हतियार प्रहार गरी हत्या

हाम्रो कोशी आवाज
बैशाख १९ २०७८, आइतबार
धरानमा धारिलो हतियार प्रहार गरी हत्या

धरानः धरानमा एक वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
गत वैशाख ११ गते धरान-१५ सुनगाभा मार्गमा ८५ वर्षकी वृद्धा गोविन्दमाया विश्वकर्मालाई धारिलो हतियार प्रहार भएको थियो । उनको उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो ।
गत ११ गते (शनिबार) दिउँसो करिब १२ बजेको समयमा घरमै सुतिरहेको समयमा पछाडिबाट टाउकोमा धारिलो हतियारले आक्रमण गरी सख्त घाइते बनाएर घरमा रहेको करिब १२ तोला सुन पनि लुटेर लगेकोबारे इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
पैसा समेत लुटिएको भनेर जानकारी आएको उनले बताए । घाइते वृद्धालाई तत्काल धरानकै विजयपुर हस्पिटलमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो हस्पिटलमा उपचार भइरहेको थियो ।
उनको टाउकोमा ३६ टाँका लगाएर आइसियूमा उपचार गराइपनि उनी बाँच्न नसकेको आफन्तले बताएका छन् । उनको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ । ‘घटना घटेकै हो, वृद्धाआमा (यसअघि अलिअलि बोल्ने अवस्थाकी) का अनुसार एकजना आएर लुटपाट गर्दै धारिलो हतियार प्रहार गरी भागेको थियो, भन्ने जानकारी थियो’, डिएसपी बस्नेतले भने, ‘तर आज निधन भएको खबर आयो, अनुसन्धानसहित खोजी कार्य तीब्र बनाएका छौं, केहीदिनमै अपराधी पत्ता लाग्छ ।’
आफन्तले अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: बैशाख १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend