Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तुम्लिङटारमा पनि बुद्धको एटीआर ४२ को उडान शुरु, दैनिक उडान हुने

हाम्रो कोशी आवाज
बैशाख २० २०७८, सोमबार
तुम्लिङटारमा पनि बुद्धको एटीआर ४२ को उडान शुरु, दैनिक उडान हुने

धरानः बुद्ध एयरलाइन्सले पहाडी एयरपोर्ट तुम्लिङटारमा पनि एटीआर ४२ को उडान शुरु गरेको छ ।
४७ सिट क्षमताको एटीआर ४२ ले उडान शुरु गरेको बुद्ध एयर तुम्लिङटारका सिनियर अफिसर राजीव पोख्रेलले जानकारी दिए । बुद्धको एटीआर ४२ ले काठमाडौं तुम्लिङटार ८ः२५ बजे, तुम्लिङटार काठमाडौं ९ः२५बजे दैनिक उडान गर्ने बुद्ध एयरले जनाएको छ ।
विमानले तुम्लिङटार विराटनगर हप्ताको ३ दिन आईतवार, बुधवार र शुक्रवार उडान गर्दै आएको छ । एयरलाइन्सले शुरुवाती भाडादर काठमाडौं तुम्लिङटारको ४ हजार ४ सय ३५ र तुम्लिङटार विराटनगर को २ हजार ६ सय २५ भाडा तोकेको छ । यसअघि काठमाडौंको ५७ सय र विराटनगरको ३३ सय ७० भाडा रहेको थियो । यसअघि १८ सिट क्षमताको बीच १९०० डी ले तुम्लिङटारमा उडान भर्दै आएको थियो ।

प्रकाशित मिति: बैशाख २० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend