Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा वैशाखभर निषेधाज्ञा

हाम्रो कोशी आवाज
बैशाख २१ २०७८, मंगलबार
सुनसरीमा वैशाखभर निषेधाज्ञा

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले मङ्गलबार मध्यरातिदेखि जिल्लाभर पूर्ण निषेधाज्ञा आदेश जारी गरेको छ ।
डिसिसिएमसि बैठकपछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राति (बैशाख २१ गते) १२ बजेदेखि बैशाख ३१ गते मध्यराति १२ बजेसम्मको लागि बन्दाबन्दीको आदेश जारी गरेका हुन् ।
यो अवधिमा औषधी, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि मङ्गलबार रातिदेखि बैशाख ३१ गते रातिसम्म जिल्लाभर पूर्णरुपमा रोक लगाइएको छ ।
‘आजबाट लागू हुनेगरी वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी भएको बताउँदै जोर–बिजोर प्रणालीसमेत हटाइएको छ’, प्रजिअ ढकालले भने, ‘अत्यावश्यकबाहेक हिँडडुलमा रोक लगाउँदै निषेधाज्ञा कडा बनाइएको छ ।’ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको उनले बताए ।
सुनसरीका इनरुवा, दुहवी, धरान, इटहरी उपमहानगरपालिका, रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोशी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बैशाख २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend