Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा मृत फेला परे दम्पत्ति, श्रीमतीको हत्या गरी आत्महत्याको आशंका

हाम्रो कोशी आवाज
बैशाख २१ २०७८, मंगलबार
धनकुटामा मृत फेला परे दम्पत्ति, श्रीमतीको हत्या गरी आत्महत्याको आशंका

धनकुटाः पाख्रिबास-७ मा एक दम्पत्ति मृत फेला परेका छन् ।
राम्चेस्थित जंगलमा मंगलबार एक दम्पत्ति मृत फेला परेका हुन् । मृत्यु हुनेमा पाख्रिबास नगरपालिका–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया सिर्जना गुरागाई रहेको प्रहरीले जनाएको छ ।
जिप्रका धनकुटाका डिएसपी सन्तुलाल जैशवालका अनुसार युवकले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । थापा झुन्डिएको र गुरागाई भुईंमा मृत भेटिएको उनले जानकारी दिए ।
श्रीमतीको लास झाँडीमा छोपिएको अवस्थामा फेला परेको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानले पहिले श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
माइतमा रहेकी श्रीमतीलाई साथमा लिएर चारदिन पहिले हिँडेका दुवै मंगलबार मृत फेला परेको उनले जानकारी दिएका छन् । कलिलै उमेरमा विवाह गरेका दम्पत्तिको पाँच वर्षीय छोरा छन् ।

प्रकाशित मिति: बैशाख २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend