Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा ७ वर्षीय बालक ७ महिनादेखि बेपत्ता

हाम्रो कोशी आवाज
बैशाख २१ २०७८, मंगलबार
बराहक्षेत्रमा ७ वर्षीय बालक ७ महिनादेखि बेपत्ता

धरानः सुनसरीको बराहक्षेत्रबाट बालक बेपत्ता भएका छन् ।
बराहक्षेत्र–६ का ७ वर्षीय आपुङ्गे तामाङ बेपत्ता बनेको र खोजतलास गर्दापनि अहिलेसम्म नभेटिएको बुबा आइते तामाङले जानकारी दिए । ‘खासमा कसैले उठाएर लगेको हुनसक्छ’, उनले भने, ‘त्यही भएर पनि अहिलेसम्म भेटिएको छैन ।’
गत कार्तिक ५ गतेदेखि हराएको र अहिले परिवार चिन्तामा डुबेको स्थानीय मनिष लिम्बूले जानकारी दिए । ‘प्रहरीकहाँ पनि हुलिया दिइसकेका छौं’, उनले फोन सम्पर्कमा भने, ‘तरपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’
स्थानीय मनिष राईका अनुसार भद्रपुरमा बच्चा चोर्दाचोर्दै समातिएका व्यक्तिलाई केरकार गरिनुपर्ने बताएका छन् । ‘भद्रपुरमा बच्चा चोर्दै गर्दा पक्राउ परेका ती व्यक्तिलाई सोधपुछ गरे घटनाबारे अझ खुल्नेथियो, उनी पनि बराहक्षेत्रतिर देखिँदै आएकोजस्तो लाग्छ, उनीमाथि नै हामीले शंका गरेका छौं, त्यसैले सोधपुछ गरियोस् ।’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका–८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए ।

प्रकाशित मिति: बैशाख २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend