Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्युतको पोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २२ २०७८, बुधबार
विद्युतको पोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

खोटाङ: करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राईको वडा नं ८ मा करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार बिहान पौने ८ बजेको समयमा घरबाट फुपूको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
विद्युतको तारले पोलमा छोएको पाइएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend