उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० वर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाइ ३६ वर्षीय खुशीलाल चौधरीको मृत्यु भएको छ ।
गत २० गते राति ८ बजेको समयमा सामान्य विषयलाई लिएर दाजुभाइबीच विवाद भई कुटपिट हुँदा घाइते भएका खुशीलाललाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लगिएको थियो ।
उपचारका क्रममा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।