विराटनगरः मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बैशाख १४ गते राति १२ बजेदेखि लागू हुने गरी जेठ १ गतेसम्मका लागी अल्पकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
यसअघि बैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो। यसअघि विराटनगर महानगरपालिका र आसपासका तीन पालिकामा निषेधाज्ञा जारी गरेको प्रशासनले शुक्रबार रातिबाट लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।