धरानः उदयपुरमा शुक्रबार (आज) देखि निषेधाज्ञा लागू हुने भएको छ । वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिए ।
उनले भने, ‘कोरोनाको संक्रमण उदयपुर जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ । त्यसकारण वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि वैशाख ३१ गते मध्य राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेका छौं । बिनाकाम बाहिर लखरलखर डुल्नेलाई संक्रामक ऐनअनुसार कडा कारबाही तथा मुद्दा चलाउँछौं ।’
उनका अनुसार अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी वा भोज लगायत भिडभाड हुने कार्यक्रम गर्न पाइनेछैन ।
यस्तै अत्यावश्रुयक सेवाहरु एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्रुय पदार्थ, पशुपंक्षी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, बैंक तथा वित्तीय संस्था, रेडक्रस, दूर सञ्रुचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन फोहोरमैला व्रुयवस्थापन, कुरियर तथा डाँक सेवा लगायतका सावरी साधनहरु विषय उल्लेख गरी सञ्रुचालन गर्न पाउने छन् भने अत्रुयावश्रुयक बाहेकका सार्वजनिक तथा निजी सबै यात्रुबाहक तथा दुइ पाङ्ग्रे सवारी साधनहरु पूर्णरुपमा रोक लगाइएको उनले बताए ।
यस्तै पसल व्यवसाय, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोगसरी कक्ष मात्र प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने उनले बताए ।
यस्तै विवाहको हकमा भने बढीमा १० जनासम्म जन्ती आउन–आउन दुलाहा–दुलहीसहित २ वटा सवारी साधनमा ५–५ जनासम्रुम विवाहको ब्यानर राखेर जान पाउने प्रमुख जिल्ला अधिकारी सेडाईले बताए । भारत तथा अन्य जिल्लाबाट आउनेलाई स्थानीय तहको अनुगमनमा १० दिन अनिवार्य रूपमा होम आइशोलेशनमा बस्नुपर्ने प्रमुख जिल्ला अधिकारीले बताए ।