विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् ।
बिहीबार राति १० बजेको समयमा भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को२५प२५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक इटहरी उपमानगरपालिका-४ का २४ वर्षीय असिम बस्नेत र स्कुटरमा पछाडि सवार रहेका इटहरी उपमानगरपालिका-५ का ३२ वर्षीय कुमार विश्वकर्मा लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाइलेक्सडिसी १ बोतल, नाइट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनीको २ थान मोबाइल बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।