Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानुचोकमा मोटरसाइकल रुँग्ने बढे

हाम्रो कोशी आवाज
बैशाख २४ २०७८, शुक्रबार
भानुचोकमा मोटरसाइकल रुँग्ने बढे

धरानः ल्लिा प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाई उलङ्घन गरेको भन्दै धरान प्रहरीले कडाइ गरेको छ ।
शुक्रबार धरानको भानुचोकमा निषेधाज्ञा उलङ्घन गर्ने करिब ६० वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भानुचोक भएर सवारी सवारीलाई नियन्त्रणमा लिएर राखिएको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनले नियन्त्रणमा लिएका मोटरसाइकललाई ५ बजेपछि मात्रै छाडिनेछ । अहिले भानुचोकमा सवारी साधन रुँगेर बस्ने पनि बढेका छन् ।
‘कडाइ त पहिलादेखि नै गर्न खोजेका हौं तर पनि ४०–४५ जना मानिस भानुचोक पुगेकै हुन्छन्, के गर्नु डण्डा हान्नु भएन’, डिएसपी बस्नेत भन्छन्, ‘कामसहित हिँडेकालाई सम्झाइन्छ, बिनाकाम लखरलखर हिँड्नेलाई अब छाड्दैनौं ।’ उनले भने ।
धरानमा सर्वसाधारणको अटेरीपन बढ्दै गएपछि प्रहरी एक्सनमा उत्रिएको हो । ‘शुक्रबार ६० वटा जति मोटरसाइकलको चावी थुतेका छौं’, उनले भने, ‘उनीहरुको सवारी ५ बजेमात्रै दिइन्छ ।’
उनले भोलिदेखि सवारी साधनमा झनै कडाइ गरिने र लखरलखर हिँड्नेलाई होल्डिङमा राखिने समेत जानकारी दिए । ‘हुँदैन भनेको कुरा नगरी हुँदैन’, डिएसपी बस्नेत भन्छन्, ‘भोलिदेखि नियन्त्रणमा लिइएका सवारी साधन धनीलाई तीनदिनपछि मात्रै दिन पनि सकिन्छ ।’ प्रहरीका अनुसार सवारी साधनमा घुम्न हिँडेका सर्वसाधारण बढेकोले यसो गर्नुपरेको बताए ।
धरानमा अहिले संक्रमित बढिरहेको र अटेरीपन पनि बढ्दै गएको प्रहरीको बुझाइ छ । तस्वीरहरुः निमा पोङ्सुवा, शुक्रान्त राई

प्रकाशित मिति: बैशाख २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend