Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकले लियो ज्यान

हाम्रो कोशी आवाज
बैशाख २४ २०७८, शुक्रबार
टिकटकले लियो ज्यान

उदयपुरः उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर धरानका युवाको मृत्यु भएको छ ।
धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना१च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ वर्षीय सुभाष परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकोमा उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend