इलामः इलाम नगरपालिका–५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।