Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा रुखले किचेर मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २५ २०७८, शनिबार
इटहरीमा रुखले किचेर मृत्यु

सुनसरीः इटहरी–१७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ ।
आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भीर घाइते भएका चौधरीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनलाई शुक्रबार दिउँसो साढे १२ बजे रुखले किचेको थियो ।
उता उदयपुर कटारी नगरपालिका–११ चिलाउने का ४२ वर्षीय हर्कबहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार दिनको साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा सोही स्थानको आफ्नै घर भन्दा माथीको भिरबाट अन्दाजी ५०० मिटर तल खसी मृत्यु भएको जानकारी पाएलगतै प्रहरी चौकी बेतेनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend