बिर्तामोडः मोटरसाइकलको ठक्करबाट गाउँपालिकाका कर्मचारीको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको र उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा शुक्रबार राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेपाल बुद्ध शान्ति गाउँपालिकामा सहायकस्तर चौथो तहका कर्मचारी थिए । शुक्रबार राति करिब साढे ८ बजेको समयमा सडकमा हिँडिरहेका नेपाललाई ठक्कर दिएको जिप्रका झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार बुद्धशान्ति–१ शान्ति चौकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको होण्डा कम्पनीको मोटरसाइकललले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने नम्बर नखुलेको मोटरसाइकलको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए ।