ओखलढुंगाः मादक पदार्थ सेवन गरी झैझगडा हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुङ्गा खजिदेम्बा गाउँपालिका-१ आरुबोटका ६० वर्षीय महेशकुमार खड्का रहेका छन् ।
शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।
सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवार समेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात इलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।