Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा चटयाङले लागेर ज्यान गयो

हाम्रो कोशी आवाज
बैशाख २६ २०७८, आइतबार
मोरङमा चटयाङले लागेर ज्यान गयो

विराटनगरः आइतबार बिहान पानीसहित परेको चट्याङमा परी मोरङको छुट्टाछुट्टै स्थानमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
बिहान पौने ९ बजे रङ्गेली नगरपालिका–१ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङमा परी गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा पुरयाउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
त्यस्तै, बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका–६ पोखरियाका ४५ वर्षीय मुक्तर मियाँ अन्सारी र निजकै श्रीमती २६ वर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झट्का लागेर घाइते भएका हुन् । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend