Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अमेरिकामा गोली प्रहारबाट संखुवासभाका युवाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २६ २०७८, आइतबार
अमेरिकामा गोली प्रहारबाट संखुवासभाका युवाको मृत्यु

धरानः अमेरिकाको मेरील्याण्ड राज्यमा शनिबार बिहान गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ । गोली प्रहारबाट संखुवासभाको खाँदबारी नगरपालिका-६, तल्लो पांठाका सागर घिमिरेको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । गोलीप्रहारसँगै त्यहाँ आगजनीसमेत भएको छ ।

घिमिरेले विद्यार्थी हुन् । उनका काका कप्तान घिमिरेका अनुसार उनले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए । आगजनी तथा गोली प्रहारबाट घिमिरेसहित ४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए । ५१ वर्षीय एक व्यक्तिले घरमा आगो लगाएपछि घरबाहिर सटगन लिएर बसेको र घटनास्थलमा प्रहरी आउनासाथ प्रहरीको गोलीबाट ती व्यक्तिको मृत्यु भएको बताइएको छ । घटनामा अर्का एक नेपाली युवा पनि घाइते भएको र उनको अवस्था खतरामुक्त रहेको बाल्टिमोर एशोसियसन अफ नेपलिज अमेरिकाका पूर्वमहासचिव तथा पत्रकार गौतम दाहालले बताए ।
सागर ४ वर्ष अगाडि उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका थिए । उनी विक्रम घिमिरे र दुर्गा घिमिरेका कान्छा छोरा हुन् । मृतक घिमिरेका एक दाजु र एक दिदी रहेका छन् । ‘राम्रो अंकका साथ ब्याचलर्स गरेको थियो,’ उनका काका कप्तानले भने, ‘पढाइमा तेज भएकोले उसले स्कलरसिप पनि पाएको थियो ।’ -एजेन्सी

प्रकाशित मिति: बैशाख २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend