Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लामखुट्टे भगाउन खोज्दा आगोलागी हुँदा बाख्रा र गाई मरे

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
लामखुट्टे भगाउन खोज्दा आगोलागी हुँदा बाख्रा र गाई मरे

विराटनगरः मोरङ बुढिगंगा गाऊपालिका ६ कोयलपुर का जंगबहादुर तामाङको गाईगोठमा आगोलागी हुँदा गोठसहित ७ वटा बाख्रा, १ वटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाइते भएका छन् ।
सोमबार राति २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानीयको सहयोगमा बिहानको राति ३ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो । सो आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षति भएको र अन्य मानवीय क्षति नभएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend