Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना महामारीभरी बैंकले किस्ता तिर्न ताकेता नगर्ने

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
कोरोना महामारीभरी बैंकले किस्ता तिर्न ताकेता नगर्ने

धरानः कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् ।
ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर ऋण लिएका हुन्छन् । मासिक आम्दानी छ भने खातामा बचत हुन्छ र उनीहरुले त्यहीबाट तिर्नसक्छन् । तर तिर्नै पर्ने ताकेता भन्दा पनि सम्झाउँछौ ।’ नियमित आम्दानी हुनेहरूलाई समयमै तिर्न दाहालले अनुरोध गरेका छन् । यद्यपि यो विषयमा बैंकहरुले औपचारिक निर्णय भने गरिसकेका छैनन् ।
गत वर्ष नै उच्च प्रभावित, मध्यम प्रभावित र न्युन प्रभावित छुट्याएर राष्ट्र बैङ्कले ऋणीलाई सहुलियत दिएको थियो । यातायात, होटल तथा पर्यटन क्षेत्र जुन उच्च प्रभावित छन तिनीहरुलाई मौद्रिक नीतिमा नै ऋण तिर्न असार मसान्तसम्मको समय दिइएको छ । राष्ट्र बैङ्कका डेपुटी गर्भनर बमबहादुर मिश्र पैसा भए राखिदिएर जरिवाना लाग्ने अवस्थाबाट बच्न आग्रह गर्छन् । उनी भन्छन्, ‘हामीले पहिला कोरोनाको समयमै सर्कुलर नै गरेका थियौ । जर्बजस्ती नगर्नु भनेर जारी गरिएको सर्कुलर अहिले पनि लागू हुन्छ ।’
अधिकांश बैङ्कहरुको हरेक महिनाको १० तारिखमा ऋणको किस्ता बुझाउनुपर्ने प्रावधान छ । तर, सबै बैङ्कको एउटै समय भने तोकिएको छैन । बैङ्क नै पिच्छे मासिक किस्ता तिर्ने समय फरक हुन सक्छ ।

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend