Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मोटरसाइकल जुधे, दुई युवा घाइते, बीपीमा उपचार हुँदै

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
धरानमा मोटरसाइकल जुधे, दुई युवा घाइते, बीपीमा उपचार हुँदै

धरानः धरानमा मोटरसाइकल एकआपसमा जुधेका छन् ।
धरान-७ स्थित कोशी सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको को३२प ६७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को८प ६५७९ नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ६७२६ नं. को मोरङको केराबारी-१ बस्ने वर्ष ३५ को देवी सुब्बा लिम्बू घाइते बनेका छन् ।
६५७९ नं. को मोटरसाइकलका चालक धरान-१० बस्ने वर्ष ४० को नगर प्रहरी विषण गुरुङ समेत घाइते भएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । सवारी चालक अनुमतिपत्र नभएको र ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend