Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न दाहसंस्कारस्थलको खोज्दै उपमहानगर

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
धरानमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न दाहसंस्कारस्थलको खोज्दै उपमहानगर

धरानः धरान उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरिएको छ ।
बिहीबार धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले धरान १५ का वडाध्यक्ष नरेश इवारमको संयोजत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । छलफलमा नगर प्रमुख राईले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न वैकल्पिक स्थानको टुंगो नलागेसम्म स्वास्थ्य प्रोटोकल अपनाएर खत्रीधारामै दाहसंस्कार गर्न दिन स्थानीयबासीलाई आग्रह गरेका छन् ।
नगर प्रमुख राईका अनुसार शव व्यवस्थापन गर्दा १० देखि १५ जनासम्म मात्र स्वास्थ्य मापदण्ड अपनाएर मलामी जान पाउने छन् । स्थानीयबासीहरुको मागलाई समेत ध्यानमा राखेर वैकल्पिक स्थानको खोजी गर्ने र सो स्थानको खोजी गर्न धरान–१५ का वडाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको सामाजिक शाखा अधिकृत गणेश खतिवडाले जानकारी दिए ।
उनका अनुसार सदस्यमा सबै राजनितिक दलको तर्फबाट एक जना प्रतिनिधि, बाँझगरा सामुदायिक वनका अध्यक्ष, बालकृषि सामुदायिक वनका एक जना प्रतिनिधि, शिवगंगा र निराजनबस्ती (टिएलओ) प्रतिनिधि र धरान उपमहानगर वातावरण शाखा प्रमुख भेषराज घिमिरे सदस्य सचिव रहने छन् ।
सो समितिले चाँडै वैकल्पिक ठाउँको खोजी गरी पेश गर्ने र वैकल्पिक ठाउँको व्यवस्था नभएसम्म स्वास्थ्यका सम्पूर्ण प्रोटोकलहरु पूरा गरी स्थानीयको मागलाई समेत ध्यानमा राखेर दाहसंस्कार गर्ने व्यवस्था मिलाउने खतिवडाले बताए । साथै हरेक कोरोना संक्रमितको दाहसंस्कार गर्दा टिएलओ को प्रतिनिधि र जनप्रतिनिधिलाई जानकारी गराउने समेत सहमति उनको भनाई छ ।
यस्तै झिंगु दाहसंस्कार स्थल (खत्रीधारा दाहसंस्कार स्थल) व्यवस्थापन समितिमा स्थानीयबासीहरुको पनि प्रतिनिधि रहने सामाजिक शाखा अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend