Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा संक्रमित र निको हुने बराबरजस्तै

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७८, बुधबार
धरानमा संक्रमित र निको हुने बराबरजस्तै

धरानः धरानमा कोरोना संक्रमित र निको (डिस्चार्ज) हुनेको संख्या लगभग उस्तै पाइएको छ ।
अहिले धरानमा ४ सय जना सक्रिय संक्रमित रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । ‘दैनिक ५० जनाभन्दा बढीमा संक्रमण भएको पाइएको छ’, उनले भने, ‘यसमा ५० जनाभन्दा बढी नै निको हुने पाइएको छ ।’
उनका अनुसार हिजो (मङ्गलबार) ८९ जनामा संक्रमण पुष्टि हुँदा ९० जना डिस्चार्ज भएको जानकारी दिए । त्यस्तै, आज (बुधबार) ६८ जनामा संक्रमण पुष्टि हुँदा ८० जनाभन्दा बढी निको भएर घर फर्किएको जानकारी दिए । धरानमा कोरोनाको दोस्रो भेरियन्ट शुरु भएयता संक्रमितको संख्या १२४६ जना पुगेको छ । ‘यतिजनामध्ये अहिले धरनमा ४ सयजना सक्रिय संक्रमित छन्, लगभग ८ सय जनाभन्दा बढी निको भएर घर फर्किसकेका छन्’, उनले थपे, ‘सक्रिय संक्रमितमध्ये ९ जना अस्पताल भर्ना भएको र अन्य होम आइसोलेसनमै रहेका छन् ।’
धरानमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ । आज धरान–१३ का संक्रमितको धरानस्थित बीपी प्रतिष्ठानमा र धरान–८ का संक्रमितको झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend