Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको कृषि बजारको तरकारी होम डेलीभरी !

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७८, शुक्रबार
धरानको कृषि बजारको तरकारी होम डेलीभरी !

धरानः धरानमा गत सातादेखि बन्द रहेको कृषि बजार खुलेको छ ।
टमाटर, आलु, प्याजमा कालोबजारी नहोस् र जनताले सहजरुपमा तरकारी खान पाउन भन्ने उद्देश्यले दुईघण्टाको लागि कृषि उपज बजारस्थल खुल्ला गरिएको जनाइएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बिहान ४ बजे देखि बिहान ६ बजेसम्मका लागि मात्रै बजार खुल्ला गरिएको जानकारी दिए ।
तरकारीजन्य वस्तुहरुको अभाव हुन थालेपछि बजारमा स्टक रहेको तरकारी त्यतिकै रहेको र बजारसम्म पुरयाउनका लागि थोक बिक्री खुल्ला गरिएको उनले जानकारी दिए ।
बिहीबार धरान उपमहानगरपालिकामा बजारका प्रतिनिधी, सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाका प्रतिनिधीको छलफलले दुईघण्टाका लागि थोक बिक्रीका लागि खुल्ला गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
अहिले बजारमा बन्दाकोभी, टमाटर, आलु, प्याज मात्रै रहेको उनले जानकारी दिए । गत साता एक साताको लागि भन्दै बजार बन्द गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति: जेष्ठ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend