Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित युवायुवती समातिए

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७८, शनिबार
लागूऔषधसहित युवायुवती समातिए

धरानः मेचीनगर-६ बद्री टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सुमन दनुवार र दमक-५ की २१ वर्षीया समिता राई रहेका छन् । शुक्रबार दिउँसो १ बजे लागूऔषध ब्राउनसुगर खरिद बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनीहरुलाई लागूऔषध ब्राउनसुगर ५ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, उदयपुर त्रियुगा–७ धरमपुर स्थितबाट लागूऔषधसहित २ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय अमिर खड्का र २० वर्षीय सुरज कार्की रहेका छन् । शुक्रबार दिउँसो २ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend