धरानः धरानका बैंक तथा वित्तीय संस्थाहरु जेठ १५ गतेअघि नखुल्ने भएका छन् ।
जेठ ७ गतेसम्मका लागि भन्दै बन्द गरिएको बैंक तथा वित्तीय संस्था कोरोना कहरकै कारण देखाउँदै जेठ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।
धरान उपमहानगरपालिकाले सूचना नै जारी गरेर कोरोना संक्रमणको जोखिम यथावत नै रहेको कारण पुनः जेठ १५ गतेसम्म नै बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकहरुलाई दिइने प्रत्यक्ष सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ । तर एटिम सेवा, मोबाइल बैंकिङ सेवा भने सुचारु नै रहने जनाइएको छ ।
यसअघि सुनसरीमा जिल्ला प्रशासन कार्यालयले पनि जेठ १५ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।
