Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लगाएर माछा मार्दा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७८, सोमबार
करेन्ट लगाएर माछा मार्दा करेन्ट लागेर मृत्यु

बिर्तामोडः झापाको अर्जुनधारा-११ रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङ रहेका छन् । आइतबार बेलुका साढे ४ बजे साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुरयाउनसाथ मृत्यु भएको हो ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटेर तामाङसँग गएका साथीहरु सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बू र इलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: जेष्ठ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend