धरानः निषेधाज्ञाका समयममा आफू खुसी सवारी साधन चलाए मोटरसाइकलको हकमा २ हजार र अन्य सवारीको हकमा ५ हजार रुपैयाँ जरिवाना हुने भएको छ ।
सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा विरामी ओसारपसार गर्ने अवस्था बाहेकमा सवारी चलाउनेलाई त्यस्तो कारबाही हुने भएको हो । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका आधारमा यी कारबाहीको व्यवस्था भएको हो ।
यसैगरी सुरक्षाकर्मीले ती सवारी साधन निश्चित समय सम्मका लागि नियन्त्रणमा लिन सक्ने छन् । अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म बन्द गर्न सक्ने व्यवस्था पनि भएको छ ।
