धरानः धरानमा ६५ वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-२ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ६ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ९ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचापसम्बन्धी समस्या थियो ।
सोमबार ५ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
